अधिवेशन गर्न जनवर्गीय संगठनहरुलाई ओलीकाे निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनवर्गीय संगठनहरुलाई अविलम्ब अधिवेशन गर्न निर्देशन दिएका छन्। जनवर्गीय संगठन मनोनित पदाधिकारीबाट चलिरहेको बताउँदै उनले तत्काल अधिवेशन गर्न निर्देशन दिएका हुन् । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन सक्दैनन् । तत्काल अधिवेशन हुनुपर्दछ ।’

उनले अविलम्ब अधिवेशन गर्ने भनेर चुनावलाई असर गर्नेगरी नगर्न समेत निर्देशन दिएका छन् । अधिवेशनबाट नेतृत्व चयन गर्दा आगामी चुनावलाई ध्यान राख्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया