‘मलाई सभापतिमा एक पटक जिताइदिनुस्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई पार्टी सभापतिकै रुपमा पुनः एक पटक जिताइदिन कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै देउवाले भने, ‘मलाई सभापतिमा एक पटक जिताइदिनुस् ।’

उनले आफू नेतृत्वको सरकार आएसँगै केपी ओलीको शासनबाट सबैले मुक्ति पाएको पनि बताए । देउवाले केपी ओलीले सरकारको नेतृत्व गर्दा डर, त्रास र भयको वातावरण भएको पनि दाबी गरे । देउवा बेल्दै गर्दा कार्यकर्ताले उनकाे पक्षमा नारा लगाएका थिए ।

प्रतिक्रिया