विराटनगर र पर्वतमा युवासँग महालक्ष्मी लाईफ

काठमाडौ । युवा र विद्यार्थी माझ बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा युवासँग– महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको इर्डन वर्ग कलेजमा ७० जना विद्यार्थीको उपस्थितिमा कार्यक्रम सम्पनन भएको थियो । त्यसै गरी पर्वतको सदरमुकाम र ग्रामिण भेगमा पनि युवासँग– महालक्ष्मी लाईफ कार्यक्रम संचालन भएको छ । गुप्तेश्वर बहुमुखि क्याम्पसमाकुस्मा, जनज्योती माध्यमिक विद्यालय ठानामौला फलेवास, पर्वत बहुमुखि क्याम्पस देवीस्थान फलेवास, मोदी पुस्तकालय देविस्थान फलेवास, भवानी विद्यापिठ फलेवास र युवा क्लव लिमिठाना फलेवासमा बीमा जागरण कार्यक्रम सम्पन्न भएको हो । उक्त बीमा जागरण कार्यक्रममा ३० देखि ६० जना उपस्थिति थिए ।

प्रतिक्रिया