अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

सर्लाही । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सम्पन्न सर्लाहीको सबैभन्दा विवादित क्षेत्र–४ को अधिवेशनमा संघीय सांसद अमरेशकुमार सिंह पराजित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका सिंहको प्यानल नै पराजित भएको हो ।

सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बनेका छन् । २४८ मत पाएका अमरेश भने पराजित भए ।

केन्द्रीय राजनीतिमा बलियो प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन् । त्यसैगरी क्षेत्रीय सभापतिमा पनि सिंह प्यानलका हरेन्द्र सहनी पराजित भएका छन् । प्रदेश मन्त्री वीरेन्द्र सिंह प्यानलका रामआश्रय साह सभापतिमा विजयी भएका छन् ।

अमरेश र वीरेन्द्र पक्षबीचको विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा यसअघि अधिवेशन हुन सकेको थिएन । सर्लाही १ र ४ मा मंगलबार सम्पन्न भएको छ भने क्षेत्र नम्बर ३ मा आज बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ ।

प्रतिक्रिया