महालक्ष्मी बैकद्धारा डस्टविन प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हेटाँैडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल बिकाश संस्थालाई २० थान ठुलो डस्टबिन सहयोग स्वरुप प्रदान गरेको छ । शहिद स्मारक पार्कमा आयोजित कार्यक्रममा शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरु टोल बिकाश संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा स्थानिय निकायका पदाधिकारी, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो । यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा हेटौंडा ११ का कार्यबाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ–आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफै राम्रो हुने र विकासको गति बढ्ने कुरा बताएका थिए । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १ सय ३ वटा शाखा मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलिकृत तवरले प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया