एनआइविएल एस क्यापिटलको च्याटबोट

काठमाडौ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा सञ्चालन गरेको छ । समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको हो ।

च्याटबोट सेवा बाट ग्राहकले कम्पनीको सेवाको बारेमा सजिलै सँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सहज हुन सक्नेमा क्यापिटल विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ । परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ । यस अघि कम्पनीेले विद्युतीय प्रणाली मार्फत एनआईबिएल सहभागिता फण्डका ईकाई खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो शेयर दर्ता गर्ने सेवा समेत सुचारु गरिसकेको पनि जनाएको छ ।

प्रतिक्रिया