नेपाल पेमेन्ट सोलुसन र मन्जुश्री फाइनान्स वीच सम्झौता

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसंग सहकार्यको लागि सम्झौता गरेको छ । सोलुसन्सको तर्फबाट सी.एक्स.ओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र आइटी हेट सुनिल शाहीले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार नेपाल पेमेन्टले मन्जुश्रीसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब मन्जुश्रीसंग आवद्ध ग्राहकले नेपाल पेमेन्टको चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सेवाहरु उपयोग गर्न पाउने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया