वेस्टर्न् युनियनको क्यासउत्सव विजेतामा बि.क

काठमाडौं । वेस्टर्न युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत सुश्री मस्तिका नेपाली बि.क.विजेता घोषित भएकि हुन् । उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ मुख्य एजेन्ट मध्य नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकि थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोका र मुक्तिनाथ बैंकको गण्डकी प्रदेश प्रमुख शंकर के.सिले संयुक्त रुपमा ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।

दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागु गरिएको थियो । योजनामा ८ सातासम्म हरेक साता ५ भाग्यशाली विजेताले २० हजार रुपैया पनि जितिसकेका छन् । नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो । वेस्टर्न् युनियनका दक्षिण एसिया प्रमुख एस् एस् रमानाथनले क्यासउत्सव योजनामा विजेता बन्न सफल सबै ४१ जना भाग्यशाली विजेतालाई हार्दिक बधाई ज्ञापन गरे । उनले विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनको लागि वेस्टर्न् युनियनलाई भरोसा र विश्वास गर्नुहुने सबै प्रति आभार ब्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया