३७ अंकले घट्यो नेप्से, ३ कम्पनीको मूल्य भने स्थिर

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ३७. १८ अंकले घटेको छ । सो अंकको कमीपछि परिसूचक २५०८ अंकमा झरेको छ । दिउँसो १२ बजे परिसूचक २५८९ अंकसम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार अन्तिम समयसम्म सम्हालिन सकेन । कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै डेढ अर्ब आएको छ । हिजो ४ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ३ अर्ब १२ करोडमा खुम्चिएको छ । कुल १६० कम्पनीको मूल्य घटेको छ भने २६ कम्पनीको बढेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

यस दिन अधिकांश उपसूचक घटेका छन् । बैंकिङ १३, विकास बैंक १४०, फाइनान्स ९०, होटल तथा पर्यटन ४९, जलविद्युत ७४, जीवन बीमा ७३, उत्पादन ९२, माइक्रोफाइनान्स ७२, निर्जीवन बीमा १६० र अन्य ५६ अंकले घटे । ब्यापार उपसमूह भने २१ अंकले बढ्यो । आइसीएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशतले घट्यो । कारोबारका आधारमा भने प्राइम कमर्सियल बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको १२ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भयो । सिटिजन्स म्युचुअल फण्ड २ र लक्ष्मी इक्वीटी फण्डको मूल्य साढे ४ प्रतिशत हाराहारीमा बढेको छ ।

प्रतिक्रिया