आङ साङ सुकीलाई दुई वर्ष मात्रै जेल सजाय

काठमाडौं । म्यानमारकी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाउने निर्णय गरिएको छ। प्रजातन्त्रवादी नेतृ सुकीलाई तोकिएको चार वर्षको सजायमा आधा घटाउने सेनाले निर्णय गरेको हो । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी अदालतले चार वर्षको जेल सजाय सुनाएको थियो ।

सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई सजाया सुनाएको हो । सुकीलाई दुई फरक फरक आरोपमा समान दुई-दुई वर्षको जेल सजाय सुनाएको थियो ।

सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोप लगाइएको छ । समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई सो आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको जनाएका छन् । सुकीलाई थप गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ। यद्यपि सुकीले आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

प्रतिक्रिया