नृत्य निर्देशक संघमा भुवन

काठमाडौं । नृत्य निर्देशक संघमा भुवनदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संघको पाँचौं साधारणसभा तथा ‘दोस्रो केन्द्रीय अधिवेशन २०७८’ सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनबाट संघको केन्द्रीय नेतृत्वमा भुवनदास श्रेष्ठ पुनः निर्वाचित भएका हुन् ।

उनीसँगै संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रदीपमान श्रेष्ठ, उपाध्यक्षमा शम्भु शाही, महिला उपाध्यक्षमा भावना कार्की, महासचिवमा नृपध्वज खत्री (निरिप), सचिवमा ऋषिकेश श्रेष्ठ, कोषाध्यक्षमा शारदा सोती शर्मा, सह–सचिवमा रवि राना मगर, सह–कोषाध्यक्षमा केशव कोइराला र सदस्यमा प्रमिला कार्की ढकाल, बुद्ध लामा, सृजना श्रेष्ठ र सिर्जना राजबहाक रहेका छन् । समारोहमा निर्देशक संघ नेपालसँग आबद्ध विभिन्न प्रदेश, जिल्ला र नगर कमिटीका अध्यक्ष तथा संघका बिभिन्न विभागका संयोजकको उपस्थिति रहेको थियो ।

अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष श्रेष्ठले संघलाई अझ विस्तार गर्दै सशक्त रुपमा अघि बढाउने बताए । उनले संघले धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले अग्रज र नयाँ पुस्तालाई समेटेर संघले काम गर्ने धारणा राखे । वि.सं २०७३ साल श्रावण २६ गते स्थापना भएको संघले नेपालका नृत्य क्षेत्रमा क्रियाशील नृत्य निर्देशकको हकहितका लागि विभिन्न कार्य गर्दै आएको छ ।

प्रतिक्रिया