यी ‘बन्दुके सांसद’, जसको फोटोले अमेरिकी तर्सिंदैछन्

डिसी । एक सांसदले सामाजिक सञ्जालमा राखेको तस्बिर लिएर यतिखेर अमेरिकी समाज कटाक्षमा उत्रिएको छ । रिपब्लिकन सांसद थोमस म्यासीको परिवारका सबै सदस्यले अत्याधुनिक स्वचालित राइफललगायत हतियार बोकेर खिचेको फोटोलाई लिएर अमेरिकामा हंगामा मच्चिएको हो ।

सो तस्वीरमा अमेरिकी सांसद र उनको परिवारका सबै सदस्यले सैनिक झैँ बन्दुक बोकेर सोफा/वरपर बसेको देखिन्छ । एक विद्यालयमा फायरिङ हुनुभन्दा पछिल्लो दिन थोमसले सो तस्वीर सामाजिक सञ्जालमा हालेका थिए । उनले क्याप्सनमा लेखेका छन्, ‘मेरी क्रिसमस ! सान्ता, कृपया लिएर आउनू !’

सोही तस्वीरलाई लिएर अहिले ती सांसद र अमेरिकी समाजको आलोचना भएको हो । सांसद थोमसले भने सो तस्वीरलाई लिएर भएका समर्थन र आलोचनालाई पनि रिट्वीट गरिरहेका छन् । ट्वीटर प्रयोगकर्ताहरूले यो निकै संवेदनाहीन भएको लेखिरहेका छन् । थोमस रिपब्लिकन सांसद हुन् । सोही पार्टीका डोनाल्ड ट्रम्पले राष्ट्रपति रहँदा कोरोना भाइरस नियन्त्रणनिम्ति लगाइएको लकडाउनविरुद्ध आफ्ना समर्थनकलाई हतियारसहित प्रदर्शनमा उतारेका थिए ।

प्रतिक्रिया