यू-१९ महिला फुटबल टाेलीकाे बिदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने यू-१९ साफ च्याम्पियनसिपको लागि राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई गरेको छ । टाेलीलाई सोमबार सातदोबाटोस्थिति एन्फा कम्प्लेक्समा एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरे ।

महिला टाेली भाेलि दिउँसो २ बजे हिमालयन एयरलाएन्सबाट ढाका प्रसथान गर्नेछ । ढाकामा हुने सिंगल राउन्ड रोविन साफ प्रतियोगिता २५ मंसिरबाट ६ पुससम्म हुनेछ । प्रतियोगिता नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतले सहभागिता जनाउने छन् । नेपालले आफ्नो पहिलो खेलमा २५ मंसिरमा आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ ।

यू-१९ नेपाली टोली:
गोलरक्षक: अन्जना राना मगर, अन्किता राई, सावित्री किसन

डिफेण्डर: मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ,

मिडफिल्डर: सुस्मा तामाङ, हिमा रावत, दीपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई,

फरवार्ड: अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा

प्रतिक्रिया