स्वीमसुटमा नम्रताको फोटोसेसन

काठमाडौं । यसवर्षको मिस वर्ल्ड अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको छ । नेपालसहित संसारका दर्जनौं मुलुकका सुन्दरी विश्व सुन्दरी उपाधि जित्ने लक्ष्यसहित उक्त थलोमा भेला भएका छन् । गतसातादेखि सुरु भएको मिस वर्ल्डका विभिन्न विधाहरुको कम्पिटिसन रोचक देखिएको छ । हेड–टु–हेड च्यालेन्ज र ट्यालेन्ट अडिसन सकिएको छ भने ब्यूटी विथ पर्पसको प्रोजेक्ट प्रस्तुति पनि सकिएको छ । स्वीमसुटमा सुन्दरीहरुले फोटोसेसन गरेका छन् । मिस नेपाल नम्रता श्रेष्ठले पनि ब्लु स्वीमसुटमा फोटो खिचाइन् । यो बिचवेयर सुटिङमा नम्रता हट र स्पाइसी देखिएकी छिन् ।

नम्रताको मुख्य जोड यतिबेला ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा देखिएको छ । किनभने यी दुबै विधामा नेपालको दबदबा रहँदै आएको छ । जसले गर्दा पनि उनले यी विधामा जित हासिल गर्ने संकल्प लिएकी छिन् । गतवर्ष कोरोना महामारीले रोकिएको मिस वर्ल्ड प्रतियोगिता यसवर्ष अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको छ । डिसेम्बर १६ मा हुने ग्रान्ड फिनाली हुँदैछ ।

प्रतिक्रिया