पर्साको जगरनाथपुर आउदै एमाले अध्यक्ष ओली, पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने

पर्सा । नेपाल कम्युनिष्ट पार्टी एमालेको अायाेजनाममा पर्सामा बृहत पार्टी प्रवेश कार्यक्रम हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पर्साको जगरनाथपुर गाउँपालिकामा बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिने भएकाे हाे । नेकपा एमाले पर्सा जिल्ला सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले नेकपा एमालेको बृहत् पार्टी प्रवेश कार्यक्रम पछि पर्सामा नेकपा माओबादीमा भुकम्प आउने  बताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार तथा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ र जगरनाथपुरका पूर्वअध्यक्ष मोसालिम मियाँलगायत सयाैंकाे संख्यामा नेता कार्यकर्ता पार्टी प्रवेश गर्ने बताइएको छ । आउँदो पुस ८ गते नेकपा एमालेको बृहत पार्टी प्रवेश कार्यक्रम जगरनाथपुर गाउँपालिका मै हुने पूर्व अध्यक्ष मियाँले बताए ।

प्रतिक्रिया