संसद् अवरूद्ध गर्नुको औचित्य छैन : भीम रावल

काठमाडाैं । एमाले नेता भीम रावलले संसद् बैठक अवरुद्ध गर्न नहुने बताएका छन् । आइतबार साँझ ट्विट गर्दै रावलले सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरूद्ध गरेको भन्नुको औचित्य नहुने बताएका छन् । यसअघि अध्यक्षको पदबहाली गर्दै केपी ओलीले माधव नेपाललगायत पार्टीले कारबाही गरेका एमालेका तत्कालीन सांसद उपस्थित हुने संसद् बैठक चल्न नदिने बताएका थिए । रावलले संसद् देश र जनताको पक्षमा बहस गर्ने, आवाज उठाउने थलो भएको स्मरणसमेत गराएका छन् ।

उनले भनेका छन्, ‘संसद् देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरूद्ध गरेको भन्नुको औचित्य छैन । कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुप¥यो । नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुप¥यो । अन्यथा म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर् भनेझैँ ठहर्छ ।’

प्रतिक्रिया