सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । बजारको परिसूचक नेप्से ७२.३० अंकले घटेको छ । सो गिरावटपछि परिसूचक २५१३ अंकमा झरेको छ । आइतबार दिनभर ४ अर्ब रुपैयाँको कारोबार भएको छ । सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ४०, ब्यापार ११८, होटल तथा पर्यटन ८२, विकास बैंक २०३, जलविद्युत ९६, फाइनान्स १०८, निर्जीवन बीमा २५१, उत्पादन १२४, अन्य ७१, माइक्रोफाइनान्स १३१ र जीवन बीमा ३७२ अंकले घटे ।

न्यादी हाइड्रोपावरको मूल्य भने १० प्रतिशतले बढेको छ । हालै सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको छ । योबाहेक अरु ८ कम्पनीको सेयर मूल्य पनि बढ्यो । नयाँ सारथी लघुवित्तको मूल्य ४ प्रतिशतले बढ्यो । मैलुङखोला, युनिलिभर, नारायणी डेभलपमेन्ट, अजोड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट र बोटलर्स नेपालको मूल्य सामान्य बढेको छ ।

प्रतिक्रिया