खोजखबर

कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित

सौर्य अनलाइन २०७८ मंसिर १९ गते ९:१२ मा प्रकाशित

गण्डकी । नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनी ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् ।

उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिए । निर्वाचनमा उपसभापति द्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्रीद्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित भएका छन् ।

यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुल्लामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया