खेल-खेलाडी

पोखरिया नगरपालिकामा जारी मेयर कपमा कालिकामाई गाउँपालिका विजयी

राजनकुमार बानिया २०७८ मंसिर १८ गते २०:३८ मा प्रकाशित

पर्सा । पोखरिया नगरपालिकामा जारी तेस्रो मेयर कप टि २० क्रिकेट टुर्नामेन्ट अन्तरगत शनिबार भएको फाइनल खेलमा कालिकामाई गाउँपालिका विजयी भएको छ । आयोजक पोखरिया नगरपालिकालाई हराउँदै कालिकामाई गाउँपालिका विजयी भएको हो । पोखरिया नगरपालिका ७ स्थित शेरा फिल्डमा भएको टुर्नामेन्टको फाइनल खेलमा सुरुमा पोखरियाले व्याटिङ गर्दै पुरै २० खेल्दै ८ विकेटको क्षतिमा ११३ रना बनाएको थियो । त्यसपछि ११४ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रेको कालिकामाईले १८ ओभर मै ७ विकेटको छतिमा लक्ष्य पुरा गर्दै विजयी भएको थियो ।

टुर्नामेन्टका विजेता कालिकामाईलाई पुरस्कार राशी एक लाख ५१ हजारको चेक र ट्रफी प्रदान गरियो भने उप विजेता पोखरियालाई पुरस्कार राशी ८१ हजारको चेक र ट्रफि प्रदान गरी सम्मान गरिएको थियो । पोखरिया युवा समाजका भगवान दास तात्वाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरीले विजेता टिम कालिकामाईका कप्तान जाबेद अख्तरलाई र उप विजेता टिम पोखरियाका कप्तान शियानन्द चौहान पुरस्कार राशीको चेक र ट्रफि हस्तान्तरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा लोसपाका नेता नेजामुदिन सम्मानी, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कोइराला, कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साह, पोखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्र लगायतकाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सुजित गिरीले गरेका थिए । १८ बलमा ७ वटा छक्का र ४ वटा चौकाको सहयोगले ५५ रन बनाएका कालिकामाईका निमेश पटेल फाइन खेलको म्यान अफ द म्याच घोषित भए । टुर्नामेन्टको बेस्ट ब्याट्समैन र म्यान अफ द सिरिज पोखरियाका विकास दास घोषित भएका थिए । पोखरिया नगरपालिकाको सहयोग र पोखरिया युवा समाजको आयोजनामा टुर्नामेन्टमा प्रतियोगिता भएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय