खराव मौसमले हवाई उडान प्रभावित

काठमाडौं । मौसममा आएको प्रतिकुलताको कारण हवाई उडान प्रभावित भएको छ । विमान उडान र अवतरणकालागि आवस्यक भिजिबिलिटी कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको हो । काठमाडौको आकासमा बाक्लो तुँवालो भरिएर शनिबार बिहानको समयमा अन्तर्राष्ट्रिय र आन्तरिक तर्फको उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले खराव मौसमले शनिबार विहान केही समय विमानस्थलको हवाई उडान प्रभावित भएको बताएका छन । बिहानको समय मौसम अनुकुलता नभएपछि विभिन्न गन्तब्यबाट काठमाडौ आएका सातवटा विमानलाई होल्ड गरिएको र फ्लाइ दुबईको एउटा विमान भारतको लखनउ डाइभर्ट गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराव मौसमले शनिबार विहान केही समय विमानस्थलको हवाई उडान प्रभावित भएको कारण विभिन्न गन्तब्यबाट काठमाडौ आएका ७ वटा विमानलाई होल्ड गरिएको र फ्लाइ दुबईको एउटा विमान भारतको लखनउ डाइभर्ट गरिएको थियो ।

दिउँसो विस्तारै मौसम अनुकुल हुँदै घाम लाग्न थालेपछि रोकिएको उडान सुचारु भएको हो । आन्तरिक उडानका लागि न्युनतम भिजिबिलिटी ८ सय मिटर र अवतरणकालागि भिजिबिलिटीको मात्रा १६ सय मिटर आवस्यक पर्छ । तर, शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ देखि ६ सय मिटर मात्र भिजिबिलिटीको मात्रा थियो । कम भिजिबिलीटी भएका कारण बिहान केही समय विमानस्थलको हवाई उडान प्रभावित हुन पुगेको हो । नियमित हवाई उडान हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप बढ्ेको थियो ।

बंगालको खाडीमा आएको चक्रवातको अप्रत्यक्ष प्रभाव अहिले नेपालमा परेको छ । यसैगरि, पश्चिमी वायुको प्रभाव पनि नेपालमा छ । यसको असरका कारण देशभर बदली हुनुका साथै केही स्थानमा वर्षा र उच्च हिमाली भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया