कमल थापा र रेखा थापाको ‘नो कमेन्ट’ हङ्गामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको पहिलो महाधिवेशनले अन्ततः कमल थापा र रेखा थापाको सम्बन्ध नराम्ररी बिगारिदिएको छ ।कमल थापासँग सुमधुर सम्बन्ध बनाएकी रेखा राजेन्द्र लिङ्देनको प्यानलमा गएर महामन्त्रीमा उम्मेदवारी दिएकी छन् भने उनको प्रतिद्वन्द्वीमा थापा प्यानलबाट कुन्ती शाही रहेकी छन् । शुक्रबार अध्यक्षको दाबेदारी थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् एक भिडियो सेयर गर्दै रेखालाई कडा व्यंग्य प्रहार गर्छन् । जहाँ रेखा थापालाई सञ्चारकर्मी प्रकाश सुवेदीले– ‘राजतन्त्र कि गणतन्त्र ?’ भनेर गरेका छन् ।

जवाफमा रेखाले ‘गणतन्त्र’ भनेकी छन् । रेखाको त्यहीँ जवाफलाई लिएर कमल थापाले, ‘हा, हा नो कमेन्ट’ भनेर भनिदिएका छन् । शुक्रबार थापाले यसरी रेखोमाथि व्यंग्य प्रहार गरेपछि रेखा पनि प्रतिवादमा उत्रिइन् ।

उनले पनि कमल थापाले एमसीसी नेपालमा पारित हुनुपर्ने भनेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरिन् । भिडियोमा उनले ‘निश्चित रुपमा एमसीसी पारित हुनुपर्छ’ भनेका छन् । महाधिवेशनमा रेखा लिङ्देन प्यानलतिर गएपछि अहिले दुई बीचमा सामाजिक सञ्जालमा युद्ध भइरहेको छ ।

प्रतिक्रिया