पाँचथरका गाउँ गाउँमा जसपाको सुज अभियान

पाँचथर । जिल्लाक सबै पालिका तथा वडातहमा जनता समाजवादी पार्टी नेपालको सुज अभियान सञ्चालन भइरहेको छ । आसन्न निर्वाचन लक्षित गरि संगठन सुदृढिकरण तथा जनजागरण (सुज) अभियान सञ्चालन गरिरहेको जसपाका जिल्ला सचिव कमलराज नेम्वाङले बताए । जसपाले जिल्लको तम्वेवा गाउँपालिकामा बिहिबार कार्यक्रम गरेको छ ।

उनले भने, ‘सबै वडामा पार्टीका कमिटी गठन र संगठन निर्माण गर्दै छौं ।’ अभियानमा सैदान्तिक बैचारिक प्रशिक्षण दिइने सचिव कमलराज नेम्वाङले जनाए ।

पाँचथरका सबै पालिका र वडा सम्म अभियान सञ्चालन हुने जनाइको छ । नेम्वाङका अनुसार सुज अभियान सञ्चालनका  क्रममा अन्य पार्टीबाट विभिन्न नेता कार्यकर्ता जसपा प्रवेश गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया