तेक्वान्दो महासंघको सभापतिमा ढुंगेल

काठमाडौं । नेपाल तेक्वान्दो महासंघ (एनटिएफ)ले केन्द्रिय सभापतिमा भक्तपुरका जनार्जन ढुंगेललाईलाई मनोनित गरेको छ । नेपालपारा तेक्वान्दो संघका संस्थापक अध्यक्ष समेत रहेका ढुंगेल लामो समयदेखि नेपालीमार्शल आर्टस् क्षेत्रमा क्रियाशिल छन् ।

उनको नेतृत्वमा नेपालीपारा तेक्वान्दोले पहिलो पटक विश्व तेक्वान्दोमा पदक हात पारेको रेकर्ड छ । उनले नेपाल तेक्वान्दो महासंघको केन्द्रिय सदस्य रहेको बखत नेपालमापारा तेक्वान्दो भित्राएका थिए । तेक्वान्दो खेलको प्राविधिक एवं प्रशासनिक अनुभव भएका ढुंगेलको आगमनले तेक्वान्दोको विकास र विस्तार तिव्र रुपमा हुने अपेक्षा गरिएको महासचविव सुदिपचन्द्र बख्रेलले बताए ।

नेपाल तेक्वान्दो महासंघले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) पोल्याण्ड,विश्व सङमोक्वान संघ (अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय(बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन(आयरल्यान्ड) र विश्व तेक्वान्दो परिषद(जर्मनी) बाट सम्बन्धन पाएको छ । महासंघमा नेपाल परम्परागत तेक्वान्दो महासंघ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासंघ नेपाल, आइटिएफ तेक्वान्दो नेपाल, नेपाल सङमोक्वान संघ र नेपालपारा तेक्वान्दो संघ लगायतका संस्थाहरु आवद्ध रहेको महासचचिव बख्रेलले बताए ।

प्रतिक्रिया