ला लिगा अब ५० रुपैयाँमा हेर्न पाइने

काठमाडौं । विश्वकै चर्चित लिग स्पेनिस ला लिगा फुटबल अब ५० रुपैयाँमा प्रत्यक्ष हेर्न पाइने भएको छ । हरेक हप्ता आउने ला लिगाको खेल हप्ताको ५० रुपैयाँ मात्र शुल्क तिरेर हेर्न सकिने डिशहोम एक्सन स्पोर्ट्सले जनाएको छ । ला लिगाको यो होल सिजन यस्तो व्यवस्था उपलब्ध गराइन लागिएको डिस मिडिया नेटवर्क लिमिटेडका विजनेस डेभलपमेन्ट म्यानेजर भुपाल सिंह बस्नेतले जानकारी दिए । यस सुविधा डिसहोम एक्सन स्पोर्टस एचडी २ मा उपलब्ध हुनेछ ।

स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने व्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु यस सिजनको सुरुदेखि नै एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भइरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ । ला लिगाको उपाधि दौडमा अहिले रियल म्याड्रिड अगाडि छ । तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले बुधबार राति भएको खेलमा एथलेटिक बिल्बाओलाई १–० गोलले हरायो । जितसँगै रियलले शीर्षस्थानमा सात अंकको अग्रता बनाएको छ । लिगमा १५ खेल सकेको रियलको ३६ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको समान २९ अंक छ । एट्लेटिकोले एक खेल कम खेलेको छ । रियलसँग पराजित बिल्बाओ २० अंक सहित आठौं स्थानमा छ ।

प्रतिक्रिया