मुरारका ग्रुपसंगको सहकार्यमा रियलमीको नार्जो सेरिज

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः ल्याउने भएको हो । कुनै पनि फिचरमा सम्झौता नगरि आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुने दाबी कम्पनीले गरेको छ ।

सार्वजनिक कार्यक्रममा मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा खुसी लागेको बताएका छन । रियलमी नार्जो ५० ए मा चिपसेट र २ गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै उत्कृष्ट फोन भएको कम्पनीले दाबी गरेको छ । यो सेग्मेन्टमा शक्तिशाली ५० एमपि ट्रिपल एआई क्यामरा रहेको छ । यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामा भएको अब्जेक्टहरुलाई पनि प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिर लिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया