मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

काठमाडौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिग ग्राहकलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्था सँग सम्झौता गरेको छ । बैंकले बीरगंजमा रहेको नारायणी सेन्ट्रल अस्पताल बीरगंज प्रालि सँग र काठमाडौंमा विभिन्न शाखा रहेको देव कर्नर ज्वेलरीसँग व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार बैंकको भिषा डेविट कार्डवाहक ग्राहकले नारायणी सेन्ट्रल अस्पतालका बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियामा १५ प्रतिसत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, देव कर्नरमा पनि सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिग ग्राहकले विभिन्न सेवामा ३० प्रतिसत सम्म छुटको फाइदा लिन सक्ने अपेक्षा गरिएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एर्टिम कार्ड प्रयोग गरी मुलुकभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामा रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिग जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया