रंग‍-विविध

‘नवौँ म्युजिक खबर म्युजिक अवार्ड’ को प्रमाणपत्र प्रदान

सौर्य अनलाइन २०७८ मंसिर १६ गते १७:०७ मा प्रकाशित

काठमाडौं । ‘नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०२१’ को मनोनयनमा परेका उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । बुधबार राजधानीमा आयोजित शुभकामना मिडिया सोलुशनको आयोजनामा गरिएको म्युजिक खबर म्युजिक अवार्डको ४२ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत र गजलका उत्कृष्ट पाँचमा परेका स्रष्टा, सर्जक, कलाकार र प्राविधिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पूर्वमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनाल, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष चन्द्र शर्मा, पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका अध्यक्ष हरिमाया गुरुङ, सर्मिला गुरुङ, गोरखा सांस्कृतिक समाजकी उपाध्यक्ष रञ्जिता गुरुङ, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सिताराम पोखरेल, निर्देशक प्रकाश भट्ट, गायिका मुना थापा, गायिका देवी घर्ती लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा गायिकाहरु टीका प्रसाईं, सिर्जना कार्की, रुचि घिमिरे, सहिमा श्रेष्ठ, सीता केसी, लक्ष्मी आचार्य, सुनितामी परियार, अमृता श्रीपाल, गीता देवी, अञ्जु गौतम, सिर्जु अधिकारी, बानिका प्रधान, रिता केसी, गायकहरु चिरञ्जीवी भण्डारी, अर्जुन सापकोटा, रविन लामिछाने, शिव संगीत, हरिराम परियार, विक्रम परियार, मौसम गुरुङ, ध्रुव विस्को, शिरीष देवकोटा, सरोज कोइराला, दिपसागर थापा, सन्तु थापा, पवन राना, तुलसी पराजुली, नवीन कार्की, कौशलराज खड्का, संगीतकारहरु राम सिटौला, बादल घिमिरे, अमृत खाती, विपिन आचार्य, डेनी निरौला, ज्योतिप्रकाश, गीतकारहरु रमेश दाहाल, महेश आचार्य, पारसमणी बराल, एचके धिताल, नूतन भूसाल, मन्दिरा ढुंगेल, प्रकाश पुञ्ज, नवराज भट्टराई, लोकराज अधिकारी, मोडलहरु रमेश थापा, एलिना रायमाझी, सुशीला थापा, शिशिर पौडेल, गौतम खाती, सनम कठायत, दिपेन्द्र सोनाम, अनिता गिरी, निर्देशकहरु दीप गुरुङ, विना श्रेष्ठ, निशान बानियाँ, चित्र मास्की, पुरन थापा, प्रकाश धिताल, विज्ञान राई, गणेश चौलागाँई, राजीव बलामी लगायत दुई सयभन्दा बढी कलाकारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिनेता गजित विष्ट, मोडल नारायण ढकाल, साहित्यकार, गीतकार कमला रिसाल, संगीतकार गायक दिलिप केसी, गायिका लक्ष्मी पुरी प्रधान र गायिका कल्पना काफ्लेलाई विशेष सम्मान गरिएको थियो । अवार्ड कार्यक्रमका निर्देशक मिलन मोक्तानको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रम निर्देशक एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रियले स्वागत मन्तव्य राख्दै अवार्डको बारेमा प्रष्ट पारेका थिए ।

त्यस्तै, अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनालले गीतसंगीतको क्षेत्रमा लागेका कलाकारहरुप्रति साधुवाद प्रकट गर्दै संगीत क्षेत्रको विकास र प्रवद्र्धनमा लाग्न म्युजिक खबर अवार्डले प्रेरित गरेका बताए । त्यसैगरी प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सम्पूर्ण कलाकारहरुको सम्मानमा सहभागी हुन पाएकोमा आफूलाई गौरव लागेको बताए ।

सम्पूर्ण मनोनयनमा परेका कलाकारलाई बधाई तथा शुभकामना दिँदै पूर्वमन्त्री ढकालले म्युजिक खबरले गरेको आयोजना तथा कलाकारको सम्मानमा सदैव साथ र सहयोग गर्ने बताए । बुधबार भएको मनोनयनको प्रमाणपत्र प्रदानको अवार्ड वितरण कार्यक्रम भने आगामी पुस ११ गते काठमाडौंमै सम्पन्न हुने म्युजिक खबरका प्रबन्धक निर्देशक सुमन पण्डितले जानकारी दिए ।

धेरै वर्ष अघिदेखि गीत संगीतमा योगदान दिँदै आएका कलाकारहरुलाई प्रत्येक वर्ष अवार्डबाट सम्मान गर्दै आए पनि बिगतको वर्षमा कोरोना महामारीका कारण रोकिए पनि यस वर्ष कोरोना केही कम भएपछि पुनः निरन्तरता दिन थालेको अवार्ड कार्यक्रमकी संयोजक सविता पोखरेलले बताइन् ।

साथै, उनले मनोनयनमा परेर प्रमाणपत्र पाउँने सम्पूर्ण कलाकारहरुलाई बधाई दिइन् । मनोनयनको उत्कृष्ट पाँचमा पर्नु पनि कलाकारहरुको एक सफलता भएको संयोजक पोखरेलको भनाइ थियो ।

प्रतिक्रिया