राष्ट्रपतिद्वारा एकसाथ ६ वटा अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाथ ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार अध्यादेशहरू जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको छ ।

यस्तै प्रहरीसम्बन्धी अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश जारी भएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यी अध्यादेशहरू जारी भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया