ट्रेन्डिङमा ‘हजार जुनीसम्म’

काठमाडौं । नेपाल र भारतको सिक्किममा खिचिएको चलचित्र ‘हजार जुनीसम्म’ युट्युबको टेन्डिङ १ मा पर्न सफल भएको छ । कोरोना कहरपछि सिनेमाघरमा खासै दर्शक पुगिरहेका छैनन् । यसबीचमा युट्युबमा सार्वजनिक भएको यो चलचित्रलाई दर्शकले निकै रुचाएका छन् । विकासराज आचार्यले निर्देशन गरेको ‘हजार जुनीसम्म’ ले दर्शकको मन जित्न सफल भएको छ । हलमा खासै जम्न नसकेको यो चलचित्रले छोटो समयमा नै युट्युबमा लाखौं दर्शक पाउन सफल भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको यो चलचित्रले यो समाचार तयार पार्दासम्म १५ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।

चलचित्रमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का, अखिलेश प्रधान, सञ्चिता लुइँटेल, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको प्रमुख भूमिका छ । दुई पुस्ताबीचको प्रेमकथालाई प्रस्तुत गरिएको यस चलचित्रको पटकथा तथा संवाद निर्देशक आचार्य र सामीप्यराज तिमिल्सिनाको रहेको छ । पुरुषोत्तम प्रधानको छायांकन गरेको यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया