बारबाडोसद्वारा एलिजाबेथलाई महारानी अस्वीकार

लण्डन । क्यारेबियाली देश बारबाडोसले सोमबार राती बेलायतकी महारानी एलिजाबेथ द्विीतीयलाई आफ्नो राष्ट्र प्रमुखको रुपमा त्यागेर आफूलाई एक नयाँ गणतन्त्र घोषित गरेको छ । बारबाडोसले यसका साथै करिब ४ सय पुरानो आफ्नो औपनिवेशिक सम्बन्धलाई समाप्त गरेको छ र देशमा पहिलो पटक राष्ट्रपति पदको शपथ दिलाइयो । यो क्यारेबियाली द्वीपमा पहिला अंग्रेजी जहाज ४ सय वर्ष अघि पुगेको थियो । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार राजधानी ब्रिजटाउनको चेम्बरलेन ब्रिजमा आधा रातमा जम्मा भएको भीडले नयाँ गणतन्त्र जन्मिएकोमा उत्सव मनाए । यतिबेला हिरोज स्क्वेयरमा २१ तोपको सलामी दिइयो र बारबाडोसको राष्ट्रिय गाना गाइयो ।

जब महारानी एलिजाबेथको शाही परम्परा त्यागिँदै थियो र नयाँ बारबाडोसको घोषणा भइरहेको थियो, तब ब्रिटिश सिंहासनका उत्तराधिकारी प्रिन्स चाल्र्सको उपस्थिति थियो । बारबाडोसको यो कदमले ती पूर्व ब्रिटिश औपनिवेशिक देशलाई पनि सोच्न बाध्य बनाइदिएको छ जसले महारानीलाई अहिले पनि सम्प्रभु मान्छन् । यो मौकामा पहिलो राष्ट्रपति पदको शपथ लिने सेन्ड्रा मेसनले भनिन्, ‘हामीले गणतन्त्र बाराबाडोसको आत्मा र उसको अस्तित्वलाई कुनै पनि हालतमा पेश गर्नुपर्छ । हामीले यसको भविष्यको आकार दिनुपर्छ । हामी एक–अर्काको र आफ्नो देशका रक्षक हौं । हामी बारबाडोसका जनता हौं ।’

बारबाडोसले महामारी एलिजाबेथ द्वीतीयलाई राष्ट्र प्रमुखको रुपमा त्यागेको छ तर उनी अहिले पनि अन्य १५ देशका महारानी हुन् । यसमा ब्रिटेन, अष्ट्रेलिया, क्यानडा र जमैकाजस्ता देश समावेश छन् । यो मौकामा उपस्थित प्रिन्स चाल्र्सले आफ्नी आमा र महारानी एलिजाबेथको बधाई साझा गर्दै भने, ‘यो गणतन्त्र बन्नु एक नयाँ सुरुवात हो ।’ ‘हाम्रो अतितको कालो दिन र गुलामीको भयानक अत्याचार सधैं हाम्रो इतिहासमा दागजस्तै रहनेछ तर यसको ठिक विपरित यो द्वीपका मानिसहरुले असाधारण दृढताका साथ आफ्नो भिन्न मार्ग प्रशस्त गरेको छ । ’

यो मौकामा बारबडियन डान्स र सङ्गीतको कमाल मिश्रण देखियो र उपनिवेशवादको समाप्तिमा भाषण पनि दिइयो । प्रधानमन्त्री मिया मोटलीले बारबडियन गायिका रिहानालाई राष्ट्रिय हिरो घोषित गरियो । बारबाडोसले ५५ वर्ष अघि स्वतन्त्रता पाइको थियो तर ब्रिटेनकी महारानी त्यसको राष्ट्र प्रमुख थिइन् र इंगल्याण्डसँग उसको सम्बन्ध सन् १६२५ देखि रहँदै आएको छ जब किङ्ग्स जेम्स प्रथमको जहाज यो द्वीपमा पुगेको थियो ।

प्रतिक्रिया