मेगा बैंक र ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै मेगा बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये मेगा बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २९२.७३ रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ थियो ।

त्यस्तै, ग्लोबल आईएमई लघुवित्तको २८ प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १६९९.३० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २१७५.१० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया