भक्तपुरको कमलविनायकमा रावा बैकको शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य (रावा) बैंकले भक्तपुरको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् । उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयको सरकारी कारोबार वाणिज्य बैंक मार्फत गर्ने सोच रहेको बताए । उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिग सेवा प्रवाह गर्दै जाने बताए । उनले बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघ लगायत संघसंस्था तथा व्यवसायीहरुसंग सहकार्य गर्दै अगाडि पनि बढ्ने धारणा राखे । हाल बैंकको सातै प्रदेश, ७७ जिल्लामा २ सय ५६ शाखा कार्यालय, २ सय ४१ एटिएम र ९८ शाखा रहित बैंकिग सेवा रहेको छ ।

प्रतिक्रिया