एसबिआई बैकको सुरक्षा सचेतना कार्यक्रम

काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल एसबीआई बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरूप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन् । नेपाल एसबीआई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख प्राविधिक अधिकृत धवल भरत दवे ,प्रमुख जोखिम तथा अनुपान अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत विनोद कुमार ढुङ्गेल र अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सबै कर्मचारीलाई भर्चुअल कार्यक्रम मार्फत प्रतिज्ञा गराएको पनि बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया