१२औँ जनगणना : कति घट्ला राईको संख्या ?

निनाम कुलुङ ‘मंगले’

हालै सम्पन्न १२औँ जनगणनामा राईको जनसंख्या ३५/४० प्रतिशतदेखि माथि जति पनि घट्न सक्ने देखिन्छ । किनभने, धेरैले विगतदेखि नै भन्दै आएको/चिन्दै आएको ‘राई !’ को ‘माया–मोह !’ त्याग्न नसकेर जातिको महलमा ‘कुलुङ’ वा ‘राई !’ मात्रै नलेखेर तिलुङ राई छिलिङ राई’ आदि लेखेका छन् । तर, यसपटक राईको अलग्गै जातिगत कोड रहेको थियो भने छिलिङ राई तिलुङ राई आदि लेख्नेहरूका लागि अलग्गै जातिगत कोड थिएन ।

१२औँ राष्ट्रिय जनगणना केही समयअघि सम्पन्न भएको छ । नेपालमा विसं १९६८ देखि जनगणना गर्न सुरु भएको हो । त्यसो त जंगबहादुर राणाको पालामै जनगणना गर्ने गरेको तथ्यांक रहेको छ । उनको पालामा काठमाडौं खाल्डो (तत्कालीन समयमा नेपाल भनी चिनिने) र पश्चिमका केही गौडासम्म मात्रै जनगणना भएको भन्ने विज्ञहरूको भनाइ रहेको छ । अचम्म के भने, नेपालमा भएका हालसम्मका जनगणनाका कुनै पनि तथ्यांकलाई भरपर्दो मान्ने गरिएको छैन । नेपालको जनगणनाको तथ्यांक भरपर्दो छैन भन्ने भनाइ रहनुमा अनेक तथ्यगत कारणहरू पनि रहेको देखिन्छ । त्यतातर्फ अहिले नजाऔँ । यो लेखमा ०४८, ०५८ र ०६८ देखिको जनगणनामा १०औँ ठूलो जनसंख्या रहँदै आएको ‘राई !’ जातिबारे अबको (हालै सम्पन्न १२ औँ) जनगणनाको तथ्यांक आउँदा ठूलो संख्यामा घटेर आउनेवाला छ । आखिर त्यसरी एकैचोटि ‘राई !’ जातिको जनसंख्या घट्दैछ ? सो बारे केही उल्लेख गर्दैछु ।

०४८ मा भएको नवौँ जनगणनामा राईको जनसंख्या ५ लाख २५ हजार ५ सय ५१ रहेको थियो । त्यस्तै २०५८ को १० औं जनगणनामा राईको जनसंख्या ६ लाख ३५ हजार १ सय ५१ र २०६८ को ११औँ जनगणनामा राईको जनसंख्या ६ लाख २० हजार ४ रहेको थियो/छ । तथ्यांक स्रोतः केन्द्रीय तथ्यांक विभाग । यसरी हेर्दा ०४८ र ०५८ मा देशको समग्र जनसंख्या दर जसरी बढेको छ, त्यसरी नै राईको जनसंख्या बढेको देखिएन, २०६८ मा । उल्टै लगभग १५ हजार घटेर ६ लाख २० हजार ४ मा झर्यो । किन त्यस्तो भयो ? भन्ने सम्बन्धमा नेपालका जनसंख्याविद, जातिविद र स्वयम् “राई !” ‘पद, पदवी वा पगरी नभएर जात वा जाति हो !’ भनिनेहरूको संस्था राई यायोक्खाका प्रमुखहरूले पनि कहिल्यै चु….सम्म गरेनन्, बोलेनन, मुख खोलेनन् । उनीहरूले हालसम्म राईको जनसंख्या घट्नको कारण बारे मुख खोल्न सकेका छैनन्/खोलेका छैनन् । तैपनि उनीहरूले आफ्नो नामको अगाडि ‘…विद, विज्ञ, वरिष्ठ, अगुवा, अभियन्ता…’आदिको फुर्को झुन्ड्याउन छाडेका छैनन् ।

०४८ र ०५८ मा जस्तै राईको जनसंख्या स्वभाविक रूपमा बढ्दै गएको भए ०६८ को जनगणनामा राईको जनसंख्या कम्तिमा ६ लाख ९ हजारदेखि माथि र ६ लाख ९५ हजारसम्म वा ७ लाख ५ हजारदेखि ७ लाख ८/१० हजारसम्म पुग्नुपर्ने थियो । तर, उल्टै लगभग १५ हजारको संख्यामा अस्वभाविक रूपमा राईको जनसंख्या किन घट्यो ? कसै प्रश्न गरेन, कसैले सोधखोज गरेन । तर, ०४८ र ०५८ को तुलनामा ०६८ मा लगभग १५ हजारको संख्यामा अस्वभाविक रूपमा राईको जनसंख्या घट्नुको मुख्य कारणमा ०६८ अघिसम्मको जनगणनामा राई भन्दै/लेख्दै आएका कुलुङ, नाछिरिङ, याम्फु, चाम्लिङ, आठपहरिया, बान्तावा, थुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, खालिङ, लोहोरुङ (१२ वटा किराती महा जातिभित्रका खम्बुहो र मेवाहाङ) का सन्तानहरूले जातिको महलमा ‘राई !’ नलेखेर थोरै संख्याले भए पनि ‘कुलुङ, नाछिरिङ, याम्फु, चाम्लिङ, आठपहरिया, बान्तावा, थुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, खालिङ, लोहोरुङ’ भनी लेखे । धेरै जसोले त ‘कुलुङ राई, नाछिरिङ राई, याम्फु राई, चाम्लिङ राई, आठपहरिया राई, बान्तावा राई, थुलुङ राई, मेवाहाङ राई, बाहिङ राई, साम्पाङ राई, खालिङ राई, लोहोरुङ राई’ लेखे । जसले गर्दा शुद्ध रूपमा ‘कुलुङ लेख्नेको जनसंख्या २८ हजार ६ सय १३, नाछिरिङ लेख्नेको जनसंख्या ७ हजार १ सय ५४, याम्फु लेख्नेको जनसंख्या ६ हजार ९ सय ३३, चाम्लिङ लेख्नेको जनसंख्या ६ हजार ६ सय ६८, आठपहरिया लेख्नेको जनसंख्या ५ हजार ९ सय ७७, बान्तावा लेख्नेको जनसंख्या ४ हजार ६ सय ४, थुलुङ लेख्नेको जनसंख्या ३ हजार ५ सय ३५, मेवाहाङ लेख्नेको जनसंख्या ३ हजार १ सय, बाहिङ लेख्नेको जनसंख्या ३ हजार ९६, साम्पाङ लेख्नेको जनसंख्या १ हजार ६ सय ८१, खालिङ लेख्नेको जनसंख्या १ हजार ५ सय ७१ र, लोहोरुङ’ लेख्नेको जनसंख्या १ हजार १५३ मात्रै आएको थियो । यसरी लगभग ७६ हजारको हाराहारीमा ‘राई’ को जनसंख्या घट्यो भने केही हजार राईहरू बेलायत, क्यानडा, अमेरिका, हङकङ, अस्टे«लिया, भारत, जर्मनीलगायत देशमा स्थायी रूपमा बसाइँ सरेर गए । त्यस्तै खम्बुहोका धेरै सन्तानहरूमध्ये ‘दुमी, कोयु, पुमा, तिलुङ, छिलिङ’ आदिले ०६८ को जनगणनामा ‘राई !’ मात्रै लेखे अथवा ‘पुमा राई, तिलुङ राई, छिलिङ राई, जेरो राई’ आदि लेखे । त्यसैले ०६८ को जनगणनामा धेरै राई भनिनेहरूको छुट्टै जातिगत तथ्यांक आएन ।

१२औँ जनगणनामा के हुन्छ ?
हो, १२औँ राष्ट्रिय जनगणनामा धार्मिक समूह, लिंग, भाषाभाषी, जातजाति, समूह, भिन्न क्षमता भएकालगायत अन्य वर्ग र पिछडिएको क्षेत्र आदि सबैसबैको चासो रहेको छ । सबैलाई आआफ्नो धार्मिक समूह, भाषाभाषी, जातजाति, समूह, लिंग, भिन्न क्षमता भएकालगायत अन्य वर्ग र पिछडिएको क्षेत्रको संख्या कति आउला ? खुल्दुली र चासो रहेको छ । किनभने नेपालमा कसको पहिचान के हो, भन्ने भन्दा पनि कसको ठूलो समूह वा भीड छ, उसैको…. रहने गरेको छ । त्यसैले सबैले हाहाहुहु र हुलमुलमै अवसर देख्ने वा अवसर पाइने भन्ने अर्थमा बुभ्mने गरेको वा बुझाई रहेको हुनाले नेपालका धार्मिक समूह, लिंग, भाषाभाषी, जातजाति, समूह, भिन्न क्षमता भएकालगायत अन्य वर्ग र पिछडिएको क्षेत्र आदिले विशेष चासो लिने गरेका छन् । यस विषयमा सबैभन्दा धेरै समस्या वा भौ. चिन्ता राई जातै हो भन्नेहरूमा रहेको छ । किनभने, राई जात वा जाति नै हो र, राई जात वा जाति होइन भन्नेहरूबीच विगत २१÷२२ वर्षेदेखि भित्रभित्रै ‘अ…! स्वस्थ्य’ बहस र छलफल चल्दै आएको थियो÷छ ।

त्यसैले हालै सम्पन्न भएको १२औँ राष्ट्रिय जनगणनामा राईको अवस्था के हुन्छ ? भन्ने सम्बन्धमा स्वयं राई जातै हो, जसले ‘राई होइन भन्दैछ, उसको नागरिकता, तीनपुस्ते, जग्गा–धनी पूर्जा, प्ले ग्रुप–नर्सरी–केजी–आधारभूत तह–माध्यमिक तहको स्कुल, कलेज, क्याम्पस र विश्वविद्यालय पढेको सर्टिफिकेट, वृद्धभत्ता कार्ड, पेन्सन–पट्टामा समेत राई छ !’ भन्दै जातीय स्वपहिचान खोज्ने आठपहरिया, कुलुङ, बान्तावा चाम्लिङ, बाहिङ, थुलुङलगायत किरातीहरूलाई लल्कार्ने राई सर/राईनी म्याडमहरू नै ‘…तिमी हाँस पो, म बसाैंला रोई !’ को स्थितिमा छन् । किनभने, ०६८ को ११औँ जनगणना अघिसम्म ‘राई !’ वा ‘कुलुङ राई !’ लेख्दै÷भन्दै आएका किराती महाजातिभित्रका ‘कुलुङ, नाछिरिङ, याम्फु, चाम्लिङ, आठपहरिया, बान्तावा, थुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, खालिङ, लोहोरुङ’ जातिले यस पटकको १२औँ जनगणनामा अलग–अलग जातिगत र भाषागत कोड पाएका थिए । जस्तै ‘कुलुङ जातिले पाएको जातिगत कोड ६२ र भाषागत कोड २९ रहेको थियो ।
त्यसैले हालै सम्पन्न १२औँ जनगणनामा राईको जनसंख्या ३५/४० प्रतिशतदेखि माथि जत्ति पनि घट्न सक्ने देखिन्छ । किनभने, धेरैले विगतदेखि नै भन्दै आएकोचिन्दै आएको ‘राई !’ को ‘माया–मोह !’ त्याग्न नसकेर जातिको महलमा ‘कुलुङ’ वा ‘राई !’ मात्रै नलेखेर तिलुङ राई छिलिङ राई’ आदि लेखेका छन् । तर, यसपटक राईको अलग्गै जातिगत कोड रहेको थियो भने छिलिङ राई तिलुङ राई आदि लेख्नेहरूका लागि अलग्गै जातिगत कोड थिएन ।

त्यसो भएपछि ‘कुलुङ’ वा ‘राई !’ मात्रै नलेखे तिलुङ राई, छिलिङ राई’ आदि लेख्नेहरू अन्यमा गाभिन्छ । यस्तो हुनुमा संस्था दर्ता ऐन–२०३४ अन्तर्गत दर्ता भएको र आफ्नै मातृभाषा नभएकोले सो संस्थाको नाम नै बान्तावा जातिको भाषामा ‘यायोक्खा’ राखिएको छ । सो संस्था (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाडाैं जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का अगुवाहरूले १२औँ जनगणनामा ठूलो हात रहेको छ । उनीहरूले जानाजान राईको भिड र संख्या ठूलो÷धेरै देखाएर राजनीति गर्न, व्यक्तिगत फाइदा लिन ‘ब्लन्डर गरे, भुइँ तहका किराती महाजातिका समुदायबीच भ्रम छरे ।’ जसले गर्दा भुइँ तहका किराती महाजातिका जनताहरूले न राई मात्रै लेखे, न कुलुङ, तिलुङ आदि मात्रै लेखे । उनीहरूले तिलुङ राई, छिलिङ राई आदि लेखे ।

हुन त धेरै ढिला गरी राई ‘यायोक्खा’का अगुवाहरूले विभिन्न व्यक्तित्वहरू जस्तै ‘राजेश पायल राई गायक, धीरज राई, दयाहाङ राई अभिनय क्षेत्रका कलाकार, राजन मुकारुङ साहित्यकार, अशोक राई र टंक राईलगायत राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई प्रयोग गरे÷भए, जातिमा राई लेखौँ, लेखाऊँ भनेर । धेरैजसो जनमानसले यसरी गायक, अभिनय क्षेत्रका कलाकार, साहित्यकार, समाजसेवी, राजनीतिक दलका नेता आदि प्रयोग भएकोमा असन्तुष्ट भए । किनभने गायक, अभिनय क्षेत्रका कलाकार, साहित्यकार, राजनीतिक दलका नेता, कार्यकर्ता भनेको एक वर्ग, समूह र जातको मात्रै नभएर समग्र देशकै…भएकाले उनीहरू त्यसरी एकतर्फी रूपमा ‘राई जातै हो !’ भन्ने एक वर्ग, समूह र जातको मात्रै प्रचारप्रसारमा लाग्नु हुँदैनथ्यो, प्रयोग हुनु हुँदैनथ्यो भन्ने ठूलो जनमत अभिव्यक्त भएको थियो÷छ । हुन पनि भोलि गएर ‘जातिमा राई लेखौँ, लेखाऊँ !’ भनेर एक वर्ग, समूह र एक जात (एकल वर्चस्ववादी) हरूको मात्रै आवाज उठाउने, प्रयोग हुने वा प्रयोग भएका गायक ‘राजेश पायल राई, धीरज राई, अभिनय क्षेत्रका कलाकार दयाहाङ राई, साहित्यकार राजन मुकारुङ, समाजसेवीहरू, राजनीतिक दलका नेताहरू अशोक राई र टंक राई लगायतको मूल्यांकन इतिहासमा हुने नै छ ।

यसरी एकल जातिवादीहरू (राईहरू) ले गायक ‘राजेश पायल राई, धीरज राई, अभिनय क्षेत्रका कलाकार दयाहाङ राई, साहित्यकार राजन मुकारुङ, राजनीतिक दलका नेताहरू अशोक राई र टंक राई, समाजसेवी भनिनेहरूलाई प्रयोग गरेर भिडियो क्लिप व्यापक रूपमा प्रसारण गरेका थिए । त्यसो भएता पनि उनीहरूको अपिल वा भनाइलाई दुत्कार्दै, बेवास्ता गर्दै जातिको महलमा ‘राई !’ लेख्नुको सट्टा ‘तिलुङ राई, छिलिङ राई लेखे !’ भन्ने रिपोर्ट जिल्ला–जिल्लाबाट आउन थालेपछि तेस्रो अन्तर्राष्ट्रिय राई सम्मेलन (२७–२९ कात्तिक, २०७८) को दोस्रो दिन बन्द सत्रमा ‘राईको संख्या असाध्यै घट्ने भो !’ भनेर सहभागी सबैले चिन्ता व्यक्त गरे अरे । तर, किन र कसरी राईको जनसंख्या असाध्यै घट्ने भो त ? भन्ने बारेमा भने कसैले पनि चुँ…., गरेनन् अरे ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९

प्रतिक्रिया