खोजखबर

एकीकृत समाजवादी बाँकेको अध्यक्षमा इन्द्रबहादुर थापा

सौर्य अनलाइन २०७८ मंसिर १४ गते १७:२५ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाँकेको अध्यक्षमा इन्द्रबहादुर थापा चयन भएका छन् । आज (मंगलबार) समाजवादीको बसेको भेलाले थापाको अध्यक्षतामा जिल्ला कमिटिलाई पूर्णता दिएको हो ।

उक्त पार्टीका केन्द्रीय सदस्य एवं बाँकेका इन्चार्जसमेत रहेका नेता अशोक कोइरालाको अध्यक्षतामा बसेको उक्त भेलाले थापाको नेतृत्वमा तीन सय तथा तीन सदस्यीय जिल्ला कमिटि गठन गरेको बताइएको छ ।

जिल्ला कमिटिको उपाध्यक्षमा सम्सुद्दिन सिद्दिकी, भद्र प्रसाद देवकोटा, सचिव दिपक जीएम, सहसचिव किशोर थापा, भगवति अधिकारी, कप्तान पाठकलाई चयन गरेको स्रोतले जनाएको छ ।

चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले शपथ गराएका थिए । त्यसअघि कार्यक्रममा बोल्दै नेता सुनारले जिल्ला कमिटिलाई जिल्लामा पार्टीलाई बलियो बनाउन लागिपर्नका लागि आग्रह गरे ।

यसअघि जिल्ला अध्यक्षकोसमेत जिम्मेवारीमा रहेका बाँके इन्चार्ज कोइरालाले कार्यभार नयाँ कार्यसमितिका अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय