सौर्यकर्मी चौलागाँई सम्मानित

कालिकोट । कालिकोट जिल्लामा रहेर समाचार सम्प्रेषण गर्दै आएका सौर्यकर्मी हस्त चौलागाँई सम्मानित भएका छन् ।

टि.डि.एच बि.एम,जेड जर्मनीको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालिकोटको सहजिकरणमा सञ्चालित ग्रामिण हिमाली क्षेत्रमा दिगो जिविको पार्जन तथा जैविक विबिधता संरक्षण (शुलभ) परियोजनालाई पत्रकारीताको माध्ययबाट पुर्याएको योगदानको कदर गर्दै सौर्यकर्मी चौलागाँईलाई सम्मान गरिएको छ ।

बिगत लामो समयदेखि रेडियो, पत्रपत्रिका लगाएतका अन्य छापा माध्यममा काम गर्दै आएका चौलागाँईलाई हुरेन्डेक नेपाल कालिकोटले सम्मान गरेको हो । टि.डि.एच, बि.एम.जेड जर्मनीको आर्थिक सहयोगमा सञ्चालित शुभल परियोजनाले चौलागाँई सम्मान गरेको हो ।

शुलभ परियोजना लागू भएका स्थानीय तहमा गएर हरेक क्रियाकलापबारे जानकारी लियर राष्ट्रिय पत्रपत्रिका, अनलाईन, रेडियोमा समाचार सम्प्रेषण गरे वापत चौलागाँईलाई उच्च सम्मानका साथ नगदसहित कदर पत्र दियर सम्मान गरिएको छ ।

शुभल परियोजनाका कार्यक्रम संयोजक राजेश गौतमले कालिकोटमा रहेका अन्य पत्रकाहरुले यस परियोजनालाई चासोको विषय नलियर कुनै समाचार, जानकारीबारे कुनै मिडियामा सन्देश प्रसारण गरेनन् भन्दै सौर्यकर्मी चौलागाँईले मात्र धेरैभन्दा धेरै खोजी गरि समाचार, अन्तर्वाता लगाएत शुलभ परियोजनाका गतिविधिहरु छापा तथा सञ्चार माध्ययममा प्रकाशन एवं प्रसारण गरेकाले सम्मान गरेको बताए ।

प्रतिक्रिया