मिनिट्रक दुर्घटना हुँदा १ को मुत्यु

कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका–१ निलाखामा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । लालिघाटदेखि निर्माणाधीन सुनथराली विमानस्थलको सामान बोकेर गएको बा.५ख. ८६४३ नम्बरको मिनिट्रक सोमवार दुर्घटनामा परेको हो ।

मिनिट्रक दुर्घटना परी नरहरिनाथ गाउँपालिका–१ का ६५ वर्षीय जयहादुर बिष्टको निधन भएको छ भने सोही गाउँका सवारी मालिक नेत्रबहादुर बिष्ट गम्भीर घाइते भएका छन् । गाडीमा चार जना सवार रहेको र चार जना मध्य एकको मुत्यु भएको बताइएको छ । गम्भीर एकजना घाइतेको थप उपचारको लागि जिल्ला अस्पताल कालिकोटमा ल्याउँदा उपचार सम्भव नहुँदा उनलाई हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ ।

चालक र सहचालकलाई सामान्य चोट लागेको हँुदा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’ जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकोप्टरमार्फत घाइतेलाई उपचारका लागि सुर्खेत रिफर गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताएका छन् । मुख्य सवारीचालक भने अहिलेसम्म फरार रहेको घाइतेका आफन्तले जानकारी दिएका छन् ।

प्रतिक्रिया