नरहरिनाथमा मिनिट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका– १ निलाखामा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । लालिघाटदेखि निर्माणधीन सुनथराली विमानस्थलको सामान बोकेर गएको बा ५ ख ८६४३ नम्बरको मिनिट्रक सोमबार दुर्घटनामा परेको हो ।

मिनिट्रक दुर्घटना परी नरहरीनाथ गाउँपालिका– १ का ६५ वर्षीय जयहादुर विष्टको मृत्यु भएको छ भने सोही गाउँका सवारी मालिक नेत्रबहादुर विष्ट गम्भीर घाईते भएका हुन् । गाडीमा चार जना सवार रहेको र चार जनामध्य एकको मुत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाईतेको थप उपचारको लागि जिल्ला अस्पताल कालिकोटमा ल्याउँदा उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टरबाट सुर्खेत पठाईको छ । चालक र सहचालकलाई सामान्य चोट लागेको हुँदा स्थानिय अस्पतालमा उपचार भईरहेको छ प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टरमार्फत घाईतेलाई उपचारका लागि सुर्खेत रिफर गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । मुख्य सवारी चालक भने अहिलेसम्म फरार रहेको घाईतेका आफन्तले जानकारी दिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया