एमाले उपाध्यक्षमा कसले हार्ला ?

चितवन । नेकपा एमालेको १०औं महाधिवेसनमा अध्यक्ष केपी शर्मा ओलीले निर्विरोध चयन गर्ने भनेर पदाधीकारी प्रस्ताव गरेपनि ६ उपाध्यक्षमा सात जनाको उम्मेदवारी परेपछि परिणाम रोचक हुने भएको छ । ओलीको नजरमा नपरेका घनश्याम भुसालले उम्मेदवारी मनोनयन गरेपछि उपाध्यक्षको प्रतिष्पर्धा रोचक बनेको हो । एमाले उपाध्यक्षको लागि दश वुंदे सहमतिबाट आएका दश भाईमध्येका चानजना युवराज ज्ञवाली, अष्ठलक्ष्मी शक्य, सुरेन्द्र पाण्डे र तथा माओवादीबाट आएका तर ओलीले रुचाएका रामबहादुर थापा वादल प्रतिष्पर्धामा अत्रिएका छन् । दशभाईमध्येका ओलीले प्रस्ताव गरेका युवराज ज्ञवाली, अष्ठलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे तथा ओलीले पदाधिकारीको टिममा नसमेटेका घनश्याम भुसाल एक आपसमै भिड्दै छन् । त्यस्तै, ओलीका विश्वासपात्र सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल पनि उपाध्यक्षमा भिड्दै छन् ।

जीवनको झण्डै आधा उमेर एमाले मै विताएका नेताहरु सँग माओवादीबाट आएका वादलले प्रतिष्पर्धा गर्दैछन । यो वादल स्वयंमको लागि चुनौतीको विषय भएपनि ओलीको माया पाएका वादललाई प्रतिनिधिहरुले कति साथ देलान हेर्न बाँकि छ । झट्ट हेर्दा वादल पनि कमजोर उम्मेदवार हुन् । त्यस्तै, दशवुंदेवाट आएका सुरेन्द्र पाण्डेलाई प्रतिनिधिले कति साथ दिन्छन भन्ने यकिन नभए पनि यथास्थितिमा उनी पनि कमजोर देखिन्छन् ।

एमालेमा वैचारिक नेताको रुपमा छवि बनाएका घनश्याम भुसाल पनि जित्छन नै भन्ने आधार छैन् । उनको आधार नहुनुमा प्रतिनिधि छनौट मै ओलीमय गराइएको छ, भुसाल ओलीका कट्टर विरोधी हुन् । उपाध्यक्षमा सात जना प्रतिष्पर्धी मध्ये विगतमा ओली निकट रहेर काम गरेका नेम्वाङ र पौडेल सुरक्षित महशुस गरिरहेका छन्, भने अष्ठलक्ष्मी शाक्य महिला भएको कारण सुरक्षित छिन । शाक्य मुख्यमन्त्री भएर पनि विश्वासको मत नपाउदा वाहिरिएकी थिइन् । बाँकि चार जनालाई भने अहिल्यै को आउछ भनेर भन्न सकिने अवस्था छैन् । युवाराज ज्ञवाली खासै चर्चा र विवादमा आएका छैनन् । सुरेन्द्र पाण्डे र घनश्याम भुसाल एमालेका दशवुंदे पक्षधर हुन् । बादल माओवादी पृष्ठभुमिका हुन तर ओलीका विश्वासपात्र हुन् । घनश्याम भुसाल जिते पनि हारे पनि एमालेका प्रतिनिधिको विवेकको परिक्षण चाँहि हो ।

प्रतिक्रिया