खोजखबर

एमाले महाधिवेशन : अध्यक्ष मण्डलको बैठक सुरु, पदाधिकारीको अन्तिम टुंगो लगाइँदै

सौर्य अनलाइन २०७८ मंसिर १२ गते २२:२७ मा प्रकाशित

चितवन । नेकपा एमालेको सौराहमा जारी दशौं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा पुगेपछि बैठक सुरु भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बैठकमा ओलीबाहेक ११ सदस्य उपस्थिति छन् । जसमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा लालबाबु पण्डित, गोमा देवकोटा, भीम रावल र टोपबहादुर रायमाझी रहेका छन् । ओलीले आफूले तयार पारेको पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यको सूची अध्यक्ष मण्डलमा पेस गर्नेछन् । अध्यक्ष मण्डलको बैठक सकिएपछि दोस्रो दिनको बन्दसत्र सुरु हुने छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय