खोजखबर

ओली बन्दसत्र हलमा पुगे, कार्यकर्ताद्वारा नाराबाजी

सौर्य अनलाइन २०७८ मंसिर १२ गते २२:१९ मा प्रकाशित

चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओली बन्दसत्र परिसर सेभेन स्टार होटल पुगेसँगै उनी पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन् । उनीहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’, ‘केपी बा, वी लभ यु’ ‘केपी बा जिन्दावाद’ लगायतका नारा लगाएका हुन् ।

बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र रातको पौने १० बजेसम्म सुरु हुन सकेको छैन । दिनभर पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको चयन गर्न ओली व्यस्त भएका थिए । नामावली ‘टुंगिए’सँगै ओली बन्दसत्र स्थल पुगेका हुन् ।

प्रतिक्रिया