अर्थबजार

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

सौर्य अनलाइन २०७८ मंसिर १२ गते २१:११ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले हेलीकप्टरबाट उपकरण ढुवानी गरी दुर्गम आठ स्थानमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे एयरपोर्ट, नाम्चेबजार र ताक्सिन्दुमा टेलिकमले सेवा पु¥याएको हो । यस्तै गोरखाको छेकम्पार, गज्र्याङ डाँडा र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलीकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्गलगायत क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको छ । स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का बस्ती र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लोलगायत क्षेत्रमा सेवा उपलब्ध भएको छ । त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।

गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रमा सेवा उपलब्ध भएको छ । गोरखाकै गज्र्याङ डाँडा नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रूटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रूटलगायतका क्षेत्रहरूमा सेवा उपलब्ध भएको पनि टेलिकमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया