अर्थबजार

मातातिर्थ वृद्धाश्रमलाई ज्योति विकास बैंकको सहयोग

सौर्य अनलाइन २०७८ मंसिर १२ गते २१:०३ मा प्रकाशित

काठमाडौ । ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका–६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धालाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान गरेको छ । आश्रममा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य, काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिप राज बराल र बैंकका बलम्बु शाखाका शाखा प्रबन्धक प्रकाश श्रेष्ठ द्वारा वृद्धाश्रम समितिका कार्यालय प्रमुख राम थापालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्धन कोष मार्फत आश्रममा आश्रित वृद्धाका लागि बढ्दै गएको चिसो मौसमको लागि उपयुक्त न्यानो कपडा सहयोग गरेको छ । नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाको पहिचान गरी त्यस्ता सम्भावनालाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ । बैंकले हाल १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको पनि जनाएको छ ।

प्रतिक्रिया