कांग्रेस ललितपुरकाे सभापतिमा देउवा निकट जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ सभापति शेरबहादुर देउवानिकट हुन् । श्रेष्ठले छ सय ६५ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी रामकृष्ण चित्रकारले छ सय ५३ मत मात्रै पाएका थिए । उनीहरू दुबै देउवानिकट मानिन्छन् ।

श्रेष्ठलाई नेता उदयशम्शेर राणाको पनि समर्थन थियो । शनिबार भएको अधिवेशनबाट कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज दोस्रो चरणमा मतदान भएको थियो ।

प्रतिक्रिया