‘समृद्ध झिमरुक बनाउँन हामी सबैको सहकार्य आवश्यक’

प्युठान । झिमरुक गाउँपापालिकाका,प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले समृद्ध झिमरुक बनाउँन हामी सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । आइतबा झिमरुक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गर्दै उनले गाउँपालिकाको समग्र बिकास र समृद्धिको लागि जनप्रतिनिधि,कर्मचारी,स्थानीय गाउँसबासी र उपभोक्त समितीको सुमधुर सम्बन्ध कायम गरेर कर्मचारी प्रशासन ब्यबहारिक र जनता प्रती उत्तरदायी हुनुपर्ने उनले बताए । आफ्नै जिल्लामा जनताको सेवा गर्न पाउनु आफु सौभाग्यमानी भएकोले रिलालेले खुसी भएको बताए ।

अहिलेको आवश्यकता भनेको आफुलाई समयानुकुल परिवर्तन गरि राज्यले अवलम्बन गरेका ऐन नियम कानुनको परिधिभित्र रहेर सरकारले दिएको जिम्मेवारी कुशलता पुर्वक कार्य सम्पादनमा जुटन कर्मचारीहरुलाई आग्रह समेत गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालको स्वागत कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तिलक जिसीले जनप्रतिनिधी,जनता र कर्मचारीहरुहरुको त्रिपक्षिय सम्वन्धले मात्र जनताले चाहे अनुसारको बिकास र सेवा प्रभावहलाई जनमुखी बनाउन सकिने भएकोले त्यसतर्फ विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । जनताको नजिकको सरकारको रुपमा स्थानीय सरकार रहेकोले सिद्धान्तलाई व्यवहारसँग मिलाएर काम गर्न सकेमा परिणाम निकाल्न सकिने गाउँपालिका अध्यक्ष जिसीले बताए ।


जनप्रतिनिधि भनेको अस्थायी हुन्छन् उनले भने,’देश बनाउने जिम्मेवारी कर्मचारीमा रहेकोले जिम्मेवार भएर काममा खट्नुपर्छ ।’ जनप्रतिनिधिले योजना कार्यक्रम ऐन नियम कानुन बनाइदिने हो त्यो योजना कार्यक्रमलाई ऐन नियम कानुनको परिधिभित्र रहेर समुदाय स्तरमा सहि तरिकाले कार्यान्वयन गर्नुपर्ने बताए । अघिल्लो प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जनप्रतिनिधि र कर्मचारी संग सहकार्य समन्वय गरेर सबै काम गर्ने गरेको कुरा औल्याउँदै उनले भने तपाईंले पनि सोही अनुसार काम गरे हाम्रो झिमरुक राम्रो झिमरुक बनाउन समय नलाग्ने उनको तर्क थियो ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाडौमा २ वर्षको कार्यकाल पछि आफ्नै गृृह झिमरुक गाउँपालिका प्यूठानमा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रिजाललाई गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले फुलमाला र अबिर लगाएर स्वागत गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पबित्रा जिसी वडा अध्यक्षहरु शाखा प्रमुख कर्मचारीहरु लगाएको उपस्थित थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया