बेलायती सांसदले संसद शत्रमै गराइन् स्तनपान

लन्डन । संसद सत्र चलिरहेकै बेला शिशुलाई स्तनपान गराउने बेलायती सांसदलाई बच्चासँगै संसद भवनमा आउन प्रतिबन्ध लगाइएको विषयमा बहस सुरु भएको छ । लेबर दलकी सांसद स्टेला क्रीजीले संसद चलिरहेकै बेला शिशुलाई स्तनपान गराएकी थिइन् । उनलाई संसदमा शिशु लिएर आउन प्रतिबन्ध लगाइएको छ । जुन समय उनलाई सदनमा आउन रोकिएको थियो त्यसबेला उनको बच्चा साथमा सुतिरहेको थियो ।

घटना गत मंगलबारको हो । स्टेला आफ्नो बच्चाको साथ संसद भवन पुगिन् । उनी सदनको छलफलमा भाग लिन चाहन्थिन् । तर उनलाई नियम उल्लङ्घन गरेको भन्दै रोकिएको थियो । पछि संसदका एक अधिकारीले उनलाई पत्र पठाए । नियमअनुसार उनी बच्चासँग सदनमा बस्न नसकिने बताइएको थियो । स्टेलाले यसमा आपत्ति जनाईन् । केही सांसदहरुले पनि उनलाई समर्थन गरे । स्टोलालाई यी नियमहरुलाई भविष्यमा रिभ्यू गरिने आश्वासन दिएका छन् ।

हाउस अफ कमन्सका सभामुख लिन्डसे होयलले सांसदहरूलाई भनिन् –मलाई कुनै अधिकारीले स्टेलालाई रोकेको कुरा थाहा छैन। स्टेलाले महिला सांसदहरूलाई पूर्ण सुत्केरी कभर दिने अभियान चलाएकी थिइन् । प्रधानमन्त्री बोरिस जोनसनले पनि नियम सुधार गर्ने कुरा गरेका छन् । जोनसनकी श्रीमती पनि दोस्रो सन्तानकी आमा बन्न लागेकी छिन् । यद्यपि, जोनसनले पनि यस विषयमा हाउस अफ कमन्सले निर्णय गर्ने बताए । बेलायती प्रधानमन्त्रीका प्रवक्ताले भने– हामी सदनलाई यो शताब्दीको हिसाबले आधुनिक बनाउन र चलाउन चाहन्छौं ।

बेलायती संसदमा प्रतिबन्ध भए पनि बालबालिका ल्याउने चलन छ । पूर्व लिबरल डेमोक्र्याट जो स्विन्सन २०१८मा पहिलो पटक बच्चालाई सदनमा ल्याउने पहिलो महिला सांसद थिइन् । लेबर सांसद एलेक्स जोन्सले ट्वीट गर्दै भनेका छन्, २०१९ मा सभामुख होलीले बच्चालाई साथमा ल्याउन र संसदमा स्तनपान गराउन उनलाई अनुमोदन गरेका थिए । उनले भने स्टेला अझैपनि स्तनपान गराईरहेकी छन् त्यसकारण उनलाई बच्चाको साथमा संसदमा आउन अनुमति दिनुपर्छ । कानुनमन्त्री डोमिनिक रोबले पनि स्टेलालाई यसअघि पनि यो मुद्दा उठाएकाले समर्थन गर्न सक्ने विश्वास गरेका छन् ।

प्रतिक्रिया