‘सुदूरपश्चिम ठूलठूला सम्भावना भएको प्रदेश हो’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले सुदूरपश्चिम ठूलठूला सम्भावना भएको प्रदेश भएको बताएका छन् । शनिबार नेकपा माओवादी केन्द्रले आयोजना गरेको धनगढी उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले सुदूरपश्चिम प्रदेश महत्वपूर्ण र अति मूल्यवान जडीबुटीको खानी भएको बताए । उनले भने, ‘यसलाई सुव्यवस्थित ढंगले कसरी निकासी गर्न सकिन्छ हामी कच्चापदार्थ होइन धनगढीमा प्रसोधन गरेर मात्र विदेस पठाउने उद्देश्यका साथ थप राज्यको संरचनालाई अगाडि बढाउन खोजिरहेका छौँ ।’कार्यक्रममा बोल्दै मन्त्री धामीले आफू यो मन्त्रालयमा आइसकेपछि अहिले तत्काललाई उच्च हिमाली भागका केही जिल्लालाई फोकस गरेर विभिन्न योजना अगाडि बढाउने पहल गरेको बताए ।

प्रदेश सरकारलाई विकास निर्माणसँग कसरी जोड्न सकिन्छ र सरकारलाई कसरी प्रत्यक्ष जनतासँग जोड्न सकिन्छ भन्ने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकार लागिरहेको उनले बताए । प्रदेश सरकार जनतालाई सुविधा दिने र जनतालाई अनुभूति दिलाउने गरेर अगाडि बढिरहेको मन्त्री धामीले बताए । उनले निजी क्षेत्रसँग साझेदारी गरेर रोजगारी सिर्जना गर्नतिर पनि प्रदेश सरकार लागेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य रमेश धामी, बिएल भण्डारी, संविधानसभा सदस्य खेम बम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया