एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबार हुने

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्‍चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन्। स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सारिएको छ।

यसअघि शनिबार नै उम्मेदवारी मनोयन गराउने र फिर्ता लिने समय दिइएको थियो। तर, समयाभाव भएको भन्दै उम्मेदवारी दर्ताको समय आइतबारका लागि सारिएको हो । एमालेभित्र कम्तिमा नेतृत्व चयनका लागि सर्वसम्मत गराउने प्रयास भइरहेको छ। हालसम्म अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलले अध्यक्षमा दाबी गरेका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ओली समूहकै नेताहरु ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेका छन् । अर्कोतर्फ वरिष्ठ उपाध्यक्षमा घनश्याम भूसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । ओलीले आफ्नो समूहभित्र वरिष्ठ उपाध्यक्ष र महासचिवमा कुनै एकजनालाई बसाउने गरी छलफल गरिरहेका छन् ।

प्रतिक्रिया