सहमतिमै १२ गते नै महाधिवेशन सकिन्छ : एमाले

चितवन । नेकपा (एमाले)ले पार्टीको जारी १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयभित्र सम्पन्न हुने जानकारी दिएको छ । सौराहास्थित महाधिवेशनस्थलमा आयोजित प्रेस ब्रिफिङमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले भोलि १२ गते नै महाधिवेशन सम्पन्न हुने जानकारी दिएका हुन् । उनले पार्टीको नयाँ नेतृत्वसमेत सहमतिबाटै चयन हुने दाबी गरे ।

जारी महाधिवेशनको बन्दसत्र तोकिएको समयमा सुरु नभएपछि महाधिवेशन लम्बिने आशंका गरिएको थियो । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र पाँच घण्टापछि सुरु भएको थियो। अहिले चलिरहेको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया