मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन श्रम मन्त्री श्रेष्ठकाे आग्रह

फाइल तस्विर

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन् । शनिबार काठमाण्डौमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका हुन् । उनले आफू मन्त्रालयमा केही लिनको लागि नभइ श्रमिक र श्रम मन्त्रालयमा केही गरौं भन्ने उद्देश्यले आएको बताए ।

उनले काठमाण्डौं उपत्यकाको फोहोर व्यवस्थापनमा सक्रिय रहेका विभिन्न २१ संघसंस्थाहरुलाई मोर्डन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले ट्रयाकसुट वितरण गरेकोमा आफूलाई खुशी लागेको र निःस्वार्थ सहयोग गर्दा अन्य सबैको साथ र सहयोग पाउने बताए । मोर्डन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा लागेका विभिन्न २१ संस्थाका करिब ७ सय भन्दा बढी श्रमिकहरुलाई ट्रयाकसुट वितरण गरेको हो ।

प्रतिक्रिया